फूलमाला र मायाको चिनोसहित बिदाइ भए गोदावरीका प्रमुख प्रशासकीय अधिकृत बिनाडी

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको बर्दियाको गुलरियास्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएपछि बुधबार नगरपालिकामा भावुक तथा आत्मीय वातावरणबीच बिदाइ गरिएको छ।

CP Hospital Dhangadhi

नगरपालिकामा कार्यरत जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूलमाला र मायाको चिनोसहित बिदाइ गरेका हुन्। नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिश पन्तलगायत जनप्रतिनिधि र कर्मचारीहरूले बिनाडीलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए।

nawajiwan

बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले बिनाडीको कार्यकाललाई सफल र प्रभावकारी भएको स्मरण गर्दै उनले नगरपालिकाको प्रशासनिक सेवा प्रवाह तथा समन्वयमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। लामो समय सहकार्य गरेका सहकर्मीहरूले आत्मीय सम्बन्धका कारण बिदाइको क्षण भावुक बनेको बताएका थिए।

Attariya Hospital

नगर प्रमुख बिरेन्द्र भट्टले बिनाडीले गोदावरी नगरपालिकामा रहँदा प्रशासनिक कामलाई व्यवस्थित बनाउन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ स्मरणीय रहने बताए।

उपप्रमुख शारदा देवी रोकायाले पनि बिनाडीको कार्यकालमा भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना दिइन्।

बिदाइ कार्यक्रममा बिनाडीले आफूलाई कार्यसम्पादनका क्रममा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे। उनले गोदावरीमा कार्यरत रहँदाको अनुभव र यहाँ बनेका आत्मीय सम्बन्धलाई आगामी दिनमा पनि स्मरण गरिरहने बताए।

बिनाडीको सरुवासँगै गोदावरी नगरपालिकामा उनको कार्यकाल औपचारिक रूपमा टुंगिएको छ। जनप्रतिनिधि र कर्मचारीहरूले “सफल कार्यकालका लागि धन्यवाद र आगामी जिम्मेवारीका लागि सफलताको शुभकामना” दिँदै उनलाई आत्मीयतापूर्वक बिदाइ गरेका छन्। बिदाई कार्यक्रमको संचालन गोदावरी नगरपाकाका प्रशासकिय अधिकृत शिवराज भाटले संचालन गरेका थिए ।