डोटी जिल्ला अस्पतालको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

Image
Nisarga Hospital

डोटीः जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार अस्पताल परिसरकै शौचालयमा मृत अवस्थामा फेला परेका छन्। बोगटान फुड्सिल गाउँपालिका–६ घर भएका ३४ वर्षीय अहेब प्रेम बोगटी अस्पतालको शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार बोगटी बुधबार बिहान करिब ११ बजेतिर शौचालयमा मृत अवस्थामा फेला परेका हुन्। शौचालय गएका बोगटी लामो समयसम्म बाहिर ननिस्किएपछि अस्पतालका कर्मचारीले खोजी गरेका थिए। सो क्रममा उनी शौचालयभित्र मृत अवस्थामा भेटिएका थिए।

यता, जिल्ला अस्पताल डोटीले भने बोगटीलाई शौचालयमा अचेत अवस्थामा भेटिएको र तत्काल उपचारका लागि प्रयास गरिए पनि उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

nawajiwan
Attariya Hospital

बोगटी लामो समयदेखि जिल्ला अस्पताल डोटीमा अहेबका रूपमा कार्यरत रहेको बताइएको छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन।

घटनापछि प्रहरीले अस्पताल परिसरमा पुगेर घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान अघि बढाएको छ। शवको आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। पोस्टमार्टम तथा थप अनुसन्धानपछि मृत्युको कारणबारे स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको अकस्मात् मृत्यु भएपछि अस्पतालका कर्मचारी तथा सहकर्मीहरूमा समेत शोकको वातावरण बनेको छ।