भारतबाट मूल्य बढेर आए पनि पेट्रोल–डिजेलको भाउ नबढ्ने, चाडपर्वमा उपभोक्तालाई राहत

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आए पनि आउँदै गरेका चाडपर्व, हालैको बाढीपहिरोको असर तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साबिककै मूल्य कायम रहने जानकारी दिएको छ। नयाँ निर्णयअनुसार पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम गरिएको निगमले जनाएको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहे पनि नेपाली बजारमा मूल्य नबढाउँदा निगमलाई आर्थिक भार थपिने भएको छ। निगमका अनुसार बिक्री मूल्य यथावत् राख्दा आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

Attariya Hospital

चाडपर्वको समयमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य वृद्धि नगरिएको निगमले जनाएको छ।