ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् असोज १५ गते बिहीबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल १४ आश्विन २०८३ बुधवार

CP Hospital Dhangadhi

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अड्किएको व्यक्तिगत विषयले निकास पाउनेछ। नजिकको व्यक्तिसँगको व्यवहारले सम्बन्ध मीठो बनाउनेछ। जिम्मेवारी पूरा गर्दा आत्मसन्तुष्टि मिल्नेछ। शरीरमा ताजगी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

घरायसी वातावरणमा रमाइलोपन बढ्नेछ। निजी योजनामा राम्रो प्रगति हुनेछ। व्यवसायमा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहनेछ। प्रियजनसँगको भेटले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

अचानक बनेको परिचय काम लाग्नेछ। व्यापारिक भेटघाटबाट नयाँ कुरा पत्ता लाग्नेछ। आम्दानीको अर्को बाटोबारे सोच बन्नेछ। साथीको आत्मीय व्यवहारले मन छोनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा रहेको दुविधा हटेर सहजता आउनेछ। व्यक्तिगत खर्च मिलाउँदा आर्थिक भार घट्नेछ। सम्बन्धमा पुरानो तिक्तता हटाउने मौका मिल्नेछ। राम्रो निद्राले ऊर्जा बढाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो कामको परिणामले आत्मबल बढाउनेछ। व्यवसायमा फरक किसिमको योजना सुरु गर्ने सोच बन्नेछ। पैसाको विषयमा लाभदायक सूचना प्राप्त हुनेछ। प्रेम वा दाम्पत्य जीवनमा हाँसो बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

व्यक्तिगत जीवनमा मिलाउनुपर्ने कुरा सहजै मिल्नेछन्। कागजी वा हिसाबसम्बन्धी विषय टुंगिनेछ। व्यापारमा सानो सुधारले राम्रो प्रभाव पार्नेछ। खानाको समय नियमित राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मन खुसी पार्ने व्यक्तिसँग भेट हुनेछ। सम्बन्धमा विश्वासको आधार अझ बलियो बन्नेछ। साझेदारीको कारोबारमा उपयोगी सहमति बन्नेछ। व्यक्तिगत खर्चमा बुद्धिमानी अपनाउँदा बचत जोगिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

निजी जीवनमा आत्मविश्वास बढाउने घटना हुनेछ। आर्थिक लेनदेनमा आफ्नो हित सुरक्षित रहनेछ। व्यवसायमा प्रतिस्पर्धाभन्दा गुणस्तरमा ध्यान दिनु राम्रो हुनेछ। परिवारबाट पाएको भरोसाले मन बलियो बनाउनेछ। आजको शुभ रंग गाढा नीलो हो भने शुभ अंक ९ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

टाढाको व्यक्तिसँग पुनः सम्पर्क जोडिन सक्छ। आर्थिक लाभको नयाँ सम्भावना देखिनेछ। प्रेमसम्बन्धमा पुरानो आत्मीयता फर्किनेछ। यात्रामा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आफ्नो जिम्मेवारीप्रति गर्व लाग्ने अवस्था बन्नेछ। भविष्यका लागि पैसा जोगाउने राम्रो सोच आउनेछ। पेशागत क्षेत्रमा तपाईंको निर्णयको कदर हुनेछ। घरमा तपाईंको उपस्थितिले सकारात्मक माहोल बनाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

नयाँ प्रविधिसँग जोडिएको काममा रुचि बढ्नेछ। अनलाइन कारोबार वा सम्पर्कबाट फाइदा मिल्नेछ। सामाजिक भेटले उपयोगी जानकारी दिनेछ। व्यक्तिगत सम्बन्धमा आफ्नो भावना सहज रूपमा राख्न सकिनेछ। आजको शुभ रंग समुद्री नीलो हो भने शुभ अंक ५ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

परिवार वा नजिकको व्यक्तिबाट स्नेह पाइनेछ। व्यवसायमा ग्राहकको विश्वास जित्ने अवस्था बन्नेछ। व्यक्तिगत भविष्यबारे राम्रो आशा जाग्नेछ। मनलाई रमाउने काममा केही समय दिनुहोस्। आजको शुभ रंग फिक्का बैजनी हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट

Dhnagadhi & Krishanapur