देशभर आंशिक बदली, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Attariya Hospital

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan