
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ०४ अन्तर्गत पर्ने प्रदेश सभा ‘ख’ को सभापति पदमा भरत खड्का निर्वाचित हुनुभएको छ।

मिति २०८३ असोज १३ गते सम्पन्न निर्वाचन प्रक्रियाबाट गोदावरी नगरपालिका वडा नं. ०१ निवासी खड्का प्रदेश सभा तहको सभापति पदमा विजयी हुनुभएको हो। निर्वाचन समितिले उहाँलाई निर्वाचित भएको आधिकारिक प्रमाण-पत्र समेत हस्तान्तरण गरिसकेको छ।
सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन

निर्वाचित भए लगत्तै सभापति भरत खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई अमूल्य मत र सद्भाव दिएर विजयी गराउने सम्पूर्ण पार्टी प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले संगठनलाई थप बलियो र गतिशील बनाउन आफू सधैं प्रतिबद्ध रहने र सबैलाई समेटेर अघि बढ्ने संकल्प समेत सामाजिक सञ्जालमार्फत साझा गर्नुभएको छ।































