एसपिए लिटल फ्लावर प्राइड लिग ः पहिलो दिनमा मोर्निङ्ग ग्लोरी,घोडाघोडी सामुदायिक र चेतना पाठशाला विजयी

Image
Nisarga Hospital

धनगढी ,१५ असोज ः धनगढीमा आजबाट सुरु भएको दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगमा महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुल,सुख्खडको घोडाघोडी सामुदायिक विद्यालय र धनगढीको चेतना पाठशाला विजयी भएका छन ।

CP Hospital Dhangadhi

उद्घाटन खेलमा महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुलले सुख्खडको घोडाघोडी एकेडेमीलाई ९ विकेटले पराजित गर्दै प्रतियोगीतामा शानदार सुरुवात गरेको छ । घोडाघोडी एकेडेमीले दिएको ८३ रनको लक्ष्य मोर्निङ्ग ग्लोरी स्कुलले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अभिषेक थापाले अविजित ४१ रनको पारी खेले भने इशान दौल्यालले ३१ रन बनाए । घोडाघोडी एकेडेमीका सन्तोष विश्वकर्माले एक विकेट लिन सफल भएभने अन्य बलर विकेटविहिन रहे ।

nawajiwan

त्यसअघि धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको घोडाघोडी एकेडेमीले १३.२ ओभरमा सबै विकेट गुमाउँदै माब ८२ रन बनाउन सक्यो । उसका लागि कृष्ण भट्ट र संदिप बिष्टले समान १६ रन बनाउँदा अयुब चन्दले १२ रनको पारी खेले । अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन । मोर्निङ्ग ग्लोरी स्कुलका लागि कप्तान नगेन्द्र उपाध्यायले ३ तथा आर्यन बिष्ट,जेरी चन्द र निमेश पन्तले समान दुई दुई तथा साजन बिटालुले एक विकेट लिए । खेलमा अविजित ४१ रनको पारी खेलेका मोर्निङ्ग ग्लोरी स्कुलका अभिषेक थापा म्यान अफ दी म्याच चुनिए ।

दोश्रो खेल
आजै सम्पन्न दोश्रो खेलमा सुख्खडको घोडाघोडी सामुदायिक विद्यालयले धनगढी योद्धालाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । घोडाघोडी सामुदायिक विद्यालयले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । उसका लागि दिपक रोकायाले २८ तथा दिनेश वडले २२ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन । घोडाघोडी सामुदायिक विद्यालयका लागि सुजन गौतम एक्लैले ४ विकेट लिन सफल भए । हिमाल पन्तको नाममा २ तथा ट्रभिस जैसी तथा हेमन्त बुढाको नाममा समान एक एक विकेट रह्यो ।

Attariya Hospital

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडी सामुदायिक विद्यालयले १२.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाउन सफल भएको थियो । उसका लागि दिनेश रावतले ५२ रनको अर्धशतकीय पारी खेले मात्र १९ रन सामना गरेका रावतले ७ चौका र ३ छक्का हिर्काए । धनगढी योद्धाका लागि कप्ता दिपक कप्डेल एक्लैले ५ विकेट चट्काए । खगेन्द्र सुनारको नाममा २ तथा सौर्य श्रेष्ठ र दिपक रोकायाको नाममा समान एक एक विकेट रह्यो । ५२ रनको अर्धशतकीय पारी खेलेका दिनेश रावत म्यान अफ दी म्याच चुनिए ।

तेश्रो खेल
पहिलो दिनको तेश्रो खेलमा ऐश्वर्य विद्या निकेतनलाई ५७ रनले पराजित गर्दै चेतना पाठशाला विजयी भएको छ । चेतना पाठशालाले दिएको १४३ रनको ठूलो लक्ष्य पछ्याउन गएको ऐश्वर्य विद्या निकेतनले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल बोगटीले सर्वाधिक ३२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन ।
ऐश्वर्य विरुद्ध कसिलो बलिङ गर्ने क्रममा चेतना पाठशालाका कप्तान अनिल रावतले महत्वपूर्ण ३ विकेट लिन सफल भए । त्यसैगरी बिराज बिष्ट र धिरेन्द्र सुनारले समान दुई दुई तथा सुभम बमले एक विकेट सलन सफल भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेतना पाठशालाले हिमाल खड्काको अर्धशतकको मद्दतले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । चेतना पाठशालाका खड्काले २९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५३ रनको शानदार पारी खेले । अविरल बिकले ३२ रन बनाउँदा अभिनव शाहले २६ रन बनाउन सफल भए । ऐश्वर्य विद्या निकेतनका लागि मनिस भट्टले ३ तथा हिमाल बोगटीको नाममा एक विकेट रहन गयो । अर्धशतक प्रहार गरेका हिमाल खड्का म्यान अफ दी म्याच चुनिए ।

उद्घाटन समारोह
आजै बिहान कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा.आनन्दबहादुर चन्दले प्रतियोगीतको समुद्घाटन गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि डा.चन्दले आफूले निर्वाचनको बेला फाप्ला हाम्रै कार्यकालमा बनाउँछौं भन्नेकुरा बोलेका र त्यसमा आफू प्रतिबद्ध रहेको बताएका थिए । डा.चन्दले ठेक्का लाग्ने अन्तिम तयारी भएको भन्दै फाप्ला निर्माणको कार्य छिट्टै अगाडी बढ्ने बताए । लिटल फ्लावर स्पोट्र्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा दर्जनौं खेलप्रेमीहरु अतिथिको रुपमा रहेका थिए ।

आजबाट सुरु भइ असोज २१ गतेसम्म सञ्चालन हुने यस सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु १००० प्राप्त गर्नेछन । प्रतियोगितामा देशभरका १५ टोली प्रतिस्पर्धा गरिरहेका छन ।