इरान आसपास अमेरिकी सैन्य उपस्थिति बढ्दै, होर्मुजमा तेल ट्यांकरमा आगलागी

Image
Nisarga Hospital

अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप विस्तार गर्ने तयारी गरेको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार आगामी नोभेम्बरसम्म इरान आसपास तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको छ।

CP Hospital Dhangadhi

अधिकारीका अनुसार अमेरिकी नौसेनाको यूएसएस थिओडोर रुजवेल्ट स्ट्राइक ग्रुप र २ हजारभन्दा बढी मरीन सैनिकसहितको मकिन आइल्यान्ड एम्फिबियस समूह स्यान डिएगोबाट मध्यपूर्वतर्फ प्रस्थान गरिसकेका छन्। यससँगै क्षेत्रमा अमेरिकी सैनिक तथा नौसैनिक उपस्थितिमा उल्लेख्य वृद्धि हुने बताइएको छ।

यसैबीच, स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरु) हुँदै गइरहेको एक तेल ट्यांकरमा अज्ञात प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स (UKMTO) ले जनाएको छ। चालक दल सुरक्षित रहेको बताइए पनि जहाजमा भएको क्षति र वातावरणीय प्रभावबारे तत्काल पूर्ण विवरण सार्वजनिक भएको छैन।

nawajiwan
Attariya Hospital

इरानी सञ्चारमाध्यमका अनुसार उक्त सुपरट्यांकरमा करिब २५ लाख ब्यारेल तेल बोक्ने क्षमता रहेको र ओमानको तटबाट करिब ८ किलोमिटर दूरीमा प्रहारपछि आगलागी भएको थियो। घटनामा कसले प्रहार गरेको हो भन्नेबारे तत्काल स्वतन्त्र पुष्टि हुन सकेको छैन।

विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमा अमेरिकी सैन्य तैनाथी बढ्दै जानु र तेल ट्यांकरमा भएको पछिल्लो घटनाले यस क्षेत्रमा जारी सुरक्षा तनाव थप चर्किएको संकेत गरेको छ।