सुनको मूल्य फेरि बढ्यो, तोलाको २ लाख ९४ हजार ८ सय

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ तथा चाँदी ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital