विद्यार्थी राजनीतिबाट प्रदेश प्रतिनिधिसम्म : नेविसंघ गोदावरी सभापति बुढाथोकी निर्विरोध निर्वाचित

Image
Nisarga Hospital

अत्तरियाः नेपाल विद्यार्थी संघ (नेविसंघ) गोदावरी नगर सभापति दिलबहादुर बुढाथोकी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका बुढाथोकी एभरेस्ट एकेडेमी, अत्तरियाको नेविसंघ इकाई सभापति हुँदै सक्रिय राजनीतिमा आएका हुन्। उनले धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सचिव पदमा समेत नेविसंघका तर्फबाट उम्मेदवारी दिएका थिए।

पार्टी तथा भ्रातृ संगठनका गतिविधिमा सक्रिय बुढाथोकी सामाजिक क्षेत्रमा पनि निरन्तर क्रियाशील छन्। नेविसंघ गोदावरी नगर सभापतिको जिम्मेवारीमा रहँदा उनले विभिन्न विद्यालयमा लागुऔषधविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै विपन्न बस्तीमा जाडोका समयमा लत्ताकपडा वितरण गरेका छन्।

nawajiwan
Attariya Hospital

त्यस्तै, आर्यघाट सरसफाइ अभियानदेखि स्ववियु निर्वाचनमा नेविसंघलाई सफल बनाउनसमेत उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि बुढाथोकीले आगामी दिनमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै सामाजिक क्षेत्रमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने बताएका छन्।