चाडपर्वमा यात्रुको सुरक्षामा बाजुरा प्रहरीको विशेष निगरानी, सहायता कक्ष सञ्चालन

Image
Nisarga Hospital

बाजुराः विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला जिल्लाभित्र तथा बाहिर आवतजावत गर्ने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले एक कार्यक्रमबीच सहायता कक्षको उद्घाटन गरेकी हुन्। सहायता कक्षमार्फत यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना, सुरक्षा तथा अन्य सहयोग उपलब्ध गराइने उनले बताइन्।

Attariya Hospital

चाडपर्वको समयमा सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको डीएसपी बोहराले बताइन्। यात्राका क्रममा दुर्घटना, सवारीसाधनको अनियमितता, बढी भाडा असुली वा अन्य समस्या भए सहायता कक्ष वा नजिकैको प्रहरीलाई जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।

nawajiwan

चाडपर्वमा सवारीसाधनको चाप र लामो दूरीको यात्राका कारण जोखिम बढ्न सक्ने भन्दै प्रहरीले सवारीसाधनको अवस्था, चालकको अवस्था, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तीव्र गतिमा सवारी चलाउने कार्यमाथि निगरानी बढाउने जनाएको छ।