डा. आरजु राणा धनगढीबाट देउवा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित

Image
Nisarga Hospital

धनगढी: नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्।

CP Hospital Dhangadhi

रमेशकुमार चन्दको वारेशनामामार्फत क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकी राणा उत्तरबेहडीबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

Attariya Hospital

शुक्रबार अबेर राति सम्पन्न वडा अधिवेशनबाट राणा महिला खुलातर्फबाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

nawajiwan

कांग्रेसको संस्थापन इतर पक्षधर नेतृका रूपमा सक्रिय राणा उत्तरबेहडीबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै १५औँ महाधिवेशनको प्रतिनिधि चयन प्रक्रियामा प्रवेश गरेकी हुन्।