सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घट्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले घटेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम थियो।

nawajiwan

पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा विश्व अर्थतन्त्रमा देखिने परिवर्तनले नेपाली बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन्।