आज देशभर मौसम बदली, पहाडमा वर्षा–हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको छ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने कोशी, मधेस र बागमतीका सबै भू–भाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

CP Hospital Dhangadhi

हाल हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली भए पनि अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ।

nawajiwan
Attariya Hospital

दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।