धनगढीका दुई सामुदायिक विद्यालयलाई ७६ सेट डेस्क–बेन्च हस्तान्तरण

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले दुई विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेको छ। उपमहानगरपालिकाले वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयलाई गरी कुल ७६ सेट डेस्क–बेन्च उपलब्ध गराएको हो।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाका अनुसार दुवै विद्यालयलाई समान रूपमा ३८–३८ सेट डेस्क–बेन्च हस्तान्तरण गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज र व्यवस्थित रूपमा पठनपाठन गर्ने वातावरण निर्माण गर्न आवश्यक भौतिक पूर्वाधारमा सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बेहडाबाबा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राणाले विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेकी थिइन्। विद्यालयमा पर्याप्त तथा व्यवस्थित फर्निचरको अभाव हुँदा विद्यार्थीलाई पठनपाठनमा हुने असहजता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राणा, उपमहानगरपालिकाका कर्मचारी तथा वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरी र वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको सहभागिता थियो।

nawajiwan
Attariya Hospital

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार पनि महत्वपूर्ण पक्ष भएकाले विद्यार्थीमैत्री वातावरण निर्माणमा स्थानीय तहले प्राथमिकता दिएको जनाइएको छ। कक्षाकोठामा आवश्यक डेस्क–बेन्चको व्यवस्था भएपछि विद्यार्थीलाई बस्न तथा अध्ययन गर्न सहज हुने र नियमित पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने विद्यालयको अपेक्षा छ।

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको भौतिक अवस्था सुधारसँगै शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउन आवश्यकताका आधारमा सहयोग गर्दै जाने जनाएको छ।