एआईमा अमेरिकी राष्ट्रपतिको नयाँ कदम, ट्रम्पले गठन गरे ‘सुपर इन्टेलिजन्स फोर्स’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासलाई थप तीव्रता दिने उद्देश्यले उच्चस्तरीय नयाँ कार्यदल गठन गरेका छन्। ‘सुपर इन्टेलिजन्स फोर्स’ नाम दिइएको उक्त निकायले अमेरिकालाई अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधिको विकासमा अग्रस्थानमा राख्न तथा सरकार र प्रविधि क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने काम गर्नेछ।

CP Hospital Dhangadhi

ह्वाइटहाउसका अनुसार कार्यदलको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन्। नयाँ निकायले प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्प र ह्वाइटहाउसकी चिफ अफ स्टाफको मातहतमा रहेर काम गर्नेछ। एआईको अनुसन्धान, विकास तथा सरकारी संयन्त्रसँगको समन्वयलाई प्राथमिकतामा राखेर कार्यदलले काम गर्ने बताइएको छ।

राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २९ मा हस्ताक्षर गरेको कार्यकारी आदेशमार्फत ‘आर्टिफिसियल इन्टेलिजन्स’ अर्थात् एआईको सट्टा ‘सुपर इन्टेलिजन्स’ (एसआई) शब्द प्रयोग गर्ने नीति अघि सारेका थिए। ‘आर्टिफिसियल’ शब्दले प्रविधिलाई नक्कली जस्तो अर्थ दिने भएकाले ‘सुपर इन्टेलिजन्स’ शब्द उपयुक्त हुने ट्रम्पको तर्क छ।

nawajiwan
Attariya Hospital

अमेरिकाले एआई क्षेत्रमा विश्वव्यापी प्रतिस्पर्धामा आफ्नो अग्रता कायम राख्ने प्रयास गरिरहेका बेला नयाँ कार्यदल गठन भएको हो। विशेषगरी एआई प्रविधिको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वभर बहस चलिरहेका छन्।

ओपनएआई, एन्थ्रोपिकलगायत प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूले एआईसम्बन्धी कडा नियमनको आवश्यकता औँल्याउँदै आएका छन्। तर राष्ट्रपति ट्रम्पले कडा सरकारी निगरानीको मागलाई अस्वीकार गर्दै नियमनको ठूलो जिम्मेवारी एआई कम्पनीहरूलाई नै दिने नीति लिएका छन्।

यसैबीच, प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरू, खर्बपति एलन मस्कलगायतले समेत ‘सुपर इन्टेलिजन्स’ शब्दको प्रयोग सुरु गरेका छन्। नयाँ कार्यदलले अमेरिकी एआई नीति र प्रविधि विकासमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।