मनसुन बाहिरिएको भनिए पनि वर्षा कायमै, तीन दिनसम्म केही स्थानमा पानी पर्ने

Image
Nisarga Hospital

मनसुन बाहिरिएको भन्दै ढुक्क भएका राजधानीवासी सोमबार अचानक वर्षा भएपछि पुनः चिन्तित बनेका छन्। मौसममा आएको परिवर्तनसँगै राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको हो।

CP Hospital Dhangadhi

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म देशका केही भू–भागमा वर्षाको सम्भावना रहे पनि लगातार लामो समयसम्म झरी पर्ने अवस्था भने छैन। मौसमविद् विनु महर्जनका अनुसार स्थानीय तथा वायुमण्डलीय प्रणालीका कारण केही स्थानमा वर्षा हुन सक्ने भए पनि यसलाई निरन्तर झरीका रूपमा लिनुपर्ने अवस्था छैन।

Attariya Hospital

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव कायम छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

nawajiwan

मौसममा देखिएको यस्तो मिश्रित प्रभावका कारण केही स्थानमा बदलीसँगै वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागले मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।