सुनको मूल्य स्थिर, चाँदीको भाउ १५ रुपैयाँले घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य यही रहेको थियो।

CP Hospital Dhangadhi

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Dhnagadhi & Krishanapur