गोदावरी कांग्रेसको नेतृत्वमा दिलीपकुमार साउँद, उपसभापतिमा जोशी र बलायर

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) कैलालीको गोदावरी नगर समितिको सभापतिमा दिलीपकुमार साउँद चयन भएका छन्। मंगलबार अत्तरियामा सम्पन्न नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत नगर अधिवेशनबाट साउँदलाई सर्वसम्मत रूपमा नगर सभापतिको जिम्मेवारी दिइएको हो।

CP Hospital Dhangadhi

नगर अधिवेशनले साउँदको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको छ। संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा लिलाधर जोशी र शुसिला कुमारी बलायर चयन भएका छन्। त्यस्तै सचिवमा लक्ष्मणराज जोशी तथा सहसचिवमा विकास सोती र राजेश बडैला चयन भएका छन्।

nawajiwan

अधिवेशनले नगर कार्यसमितिका ३७ जना सदस्यसमेत चयन गरेको छ। सभापतिसहित पदाधिकारी र सदस्यहरूको चयनसँगै गोदावरी नगर कांग्रेसले नयाँ नेतृत्व पाएको हो।

Attariya Hospital

नगर अधिवेशनमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले नयाँ नेतृत्वले पार्टी संगठनलाई अझ व्यवस्थित, गतिशील र एकताबद्ध बनाउँदै स्थानीय तहमा कांग्रेसको सांगठनिक उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

नवनिर्वाचित सभापति साउँदले पार्टीका नेता तथा कार्यकर्ताबीचको सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै संगठन विस्तार तथा सुदृढीकरणमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। नगरका विभिन्न वडा तहमा पार्टी संगठनलाई थप चलायमान बनाउँदै जनतासँगको सम्बन्धलाई मजबुत बनाउने विषयलाई समेत नयाँ नेतृत्वका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

गोदावरीमा सम्पन्न नगर अधिवेशनसँगै नेपाली कांग्रेसको नगर संगठनले नयाँ नेतृत्व पाएको हो। नयाँ कार्यसमितिले आगामी दिनमा पार्टीका राजनीतिक, सांगठनिक तथा जनसम्बन्धी गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई कार्यकर्ताले चासोका साथ हेरेका छन्।