एसपिए लिटल फ्लावर प्राइड लिग ः लिग चरणका खेलहरु सकिए,भोली सेमिफाइनलका खेलहरु हुने

Image
Nisarga Hospital

धनगढी: धनगढीमा जारी दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिता अन्तरर्गत लिग चरणका खेलहरु सम्पन्न भएका छन ।

CP Hospital Dhangadhi

समूह ए बाट महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुल,समूह बी बाट अनिरुद्ध्र जिडी ग्रुप धनगढी,समूह सी बाट एरिष्टो माध्यमिक विद्यालय धनगढी र समूह डी बाट घोडाघोडी सामुदायिक विद्यालय समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन ।

Attariya Hospital

बुधबार बिहान ९ बजे हुने पहिलो सेमिफाइनल खेल समूह ए को विजेता टोली मोर्निङ्ग ग्लोरी स्कुल महेन्द्रनगरका विरुद्ध समूह सी को विजेता एरिष्टो माध्यमिक विद्यालय धनगढीका बीच हुनेछ भने मध्यान १ बजे हुने दोश्रो सेमिफाइनल खेल समूह बी बो विजेता अनिरुद्ध्र जिडी ग्रुप धनगढीका विरुद्ध समूह डी को विजेता घोडाघोडी सामुदायिक विद्यालयका बीच हुनेछ । फाइनल खेल बिहिबार हुनेछ ।

nawajiwan

गत असोज १५ गतेबाट सुरु भएको यस सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन प्रतियोगितामा देशभरका १५ टोलीले प्रतिस्पर्धा गरेका थिए ।