मुगुमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्यो, मानवीय क्षति टर्‍यो

Image
Nisarga Hospital

छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। बुधबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि अचानक पहिरो खसेको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।

CP Hospital Dhangadhi

पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर घटनास्थलको अवस्था निरीक्षण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खस्ने समयमा जिपमा कोही पनि सवार थिएनन्। समयमै सतर्कता अपनाइएका कारण सम्भावित मानवीय क्षति हुनबाट जोगिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ। पहिरोका कारण सडक आवागमनमा समेत असर परेको हुनसक्ने जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur