पूर्वप्रधानन्यायाधीश जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरणको छापा

Image
Nisarga Hospital

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ। बुधबार विभागको टोलीले जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको निवासमा खानतलासी गरेको स्रोतले जनाएको छ।

CP Hospital Dhangadhi

जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत विभागको टोली पुगेको बताइएको छ। छापा क्रममा केही महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतको दाबी छ। घटनाबारे विभागबाट विस्तृत आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन।

Attariya Hospital

यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखिएपछि उनलाई छाडिएको समाचारमा उल्लेख छ।

nawajiwan

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नेपाल सरकारअन्तर्गत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गर्ने निकाय हो।