अब जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने, उपत्यकामा ६ स्थान तोकिए

Image
Nisarga Hospital

चाडपर्वका बेला ग्यास सिलिन्डर साटफेरमा उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा आगामी असोज २५ गते आइतबारदेखि जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर एलपी ग्यास लिन पाइने भएको छ।

CP Hospital Dhangadhi

नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २५ देखि ३१ गतेसम्म विशेष व्यवस्था गरेको हो। उपत्यकाका काठमाडौं र ललितपुरमा तोकिएका ६ स्थानबाट बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिने संघले जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ। आपूर्ति सहज रहे पनि चाडपर्वका बेला फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा उपभोक्ताले समस्या भोग्नुपरेपछि विशेष व्यवस्था गरिएको हो।

nawajiwan

ग्यास साटफेर तथा बिक्री हुने ६ स्थान

१. सिफलचौर, काठमाडौं: ग्यास एन्ड अक्सिजन ट्रेडर्स — एभरेस्ट र सुगम ग्यास। सम्पर्क: ९८०१०९१२७७

२. पेप्सीकोला, काठमाडौं: सगर ग्यास। सम्पर्क: ०१–५१५६२७४

३. बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि, काठमाडौं: नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास। सम्पर्क: ९८०२९५०४१७

४. सुकेधारा, काठमाडौं: बाबा र श्री ग्यास। सम्पर्क: ९८५१११३७०४

५. कलंकी, काठमाडौं: साईबाबा र श्रीकृष्ण ग्यास। सम्पर्क: ९८५१०६०१९२

६. हरिसिद्धि, ललितपुर: श्रीराम ग्यास। सम्पर्क: ९८५११३७७३२

उपभोक्ताले तोकिएका केन्द्रमा पुगेर उपलब्ध ब्रान्डअनुसार खाली सिलिन्डर साटफेर गरी ग्यास लिन सक्नेछन्।