सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने

Image
Nisarga Hospital

देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका भूभागमा भने आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

nawajiwan

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र चट्याङको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।