कञ्चनपुरमा रोकिएन काठ तस्करी, कृष्णपुरको खोलामा बालुवामुनि भेटिए सालका ४ गोलिया

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ स्थित बण्ड खोला नदीको बगरमा बालुवामुनि गाडिएको अवस्थामा सालका ४ गोलिया काठ फेला परेका छन्। जगदम्बा मयुर सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने बण्ड खोलाको सोही क्षेत्रमा यसअघि पनि जमिनमुनि गाडिएको अवस्थामा सालका गोलिया काठ फेला परेका थिए।

CP Hospital Dhangadhi

एउटै क्षेत्रमा पटक–पटक यसरी काठ फेला पर्नुले सालका काठको अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा चुनौती रहेको देखाएको छ। घटनाको पुनरावृत्तिले वन संरक्षणको जिम्मेवारीमा रहेका सम्बन्धित वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीको निगरानी र अनुगमनमाथि समेत प्रश्न उठाएको छ।

वन संरक्षणका लागि जिम्मेवार निकायले यस्ता घटनाको निष्पक्ष छानबिन गरी काठ कहाँबाट ल्याइएको हो, कसले गाडेको हो र यसमा संलग्न व्यक्ति को–को छन् भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्न आवश्यक देखिएको छ। साथै, वन क्षेत्रको नियमित निगरानी बढाउँदै काठ तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको अपेक्षा छ। स्थानीय समाजसेवी युवा सुरेश बोहराका अनुसार जगदम्बा मयुरका उपाध्यक्ष करण बिष्टको नेतृत्वमा उक्त बालुवा मुनि लुकाएर राखिएका गोलियाहरु फेला परेका हुन्। फेला परेका गोलियाका बिषयमा सरोकारवाला निकायले सत्य तत्य छानवीन र दोषी माथी कानुनी कार्वाही गर्नुपर्ने स्थानीयहरुको जोडदार माग छ।

nawajiwan