सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त, २४ वर्षको वकालत अनुभव

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

CP Hospital Dhangadhi

नवनियुक्त मुख्य न्यायाधिवक्ता विष्टले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय विष्टले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत रहेर २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्। उनको लामो कानुनी अनुभवलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारीसँग जोडेर हेरिएको छ।

यसअघि सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका ठकेन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। जोशीको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा विष्टलाई नियुक्त गरिएको हो।

nawajiwan

प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताले प्रदेश सरकार र मातहतका निकायलाई कानुनी राय तथा परामर्श दिने, प्रदेश सरकारको हकहितसँग सम्बन्धित मुद्दामा बहस तथा प्रतिरक्षा गर्ने र कानुनी विषयमा आवश्यक सुझाव दिने जिम्मेवारी निर्वाह गर्छन्। विष्टको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशमा मुख्य न्यायाधिवक्ताको रिक्त पदपूर्ति भएको छ।