सुदूरपश्चिमसहितका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईको मौसम सफा रहने

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले सोमबारको मौसम पूर्वानुमान सार्वजनिक गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ। देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पूर्वानुमानअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

मौसममा आंशिक बदली र वर्षा–हिमपातको सम्भावना रहेकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा वा हिमपात हुने स्थानमा दैनिक गतिविधि तथा यात्रा प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्रै यात्रा तथा अन्य योजना बनाउन उपयुक्त हुनेछ।

तराई क्षेत्रमा भने सोमबार मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Dhnagadhi & Krishanapur