सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै चर्कियो विवाद, प्रदेशसभा बैठक भोलिसम्म स्थगित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

CP Hospital Dhangadhi

प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारिएको जनाएको छ।

सरकारले ल्याएको बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको स्रोतहरूको दाबी छ। बजेटप्रति केही मन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।

nawajiwan

आजै बजेट पारित गर्ने तयारीसहित बैठक बोलाइएको भए पनि सत्तारुढ दलकै सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि बैठक स्थगित गरिएको स्रोतको भनाइ छ।

बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोपसमेत लागेको छ। यद्यपि, बजेटमा कमिसनको खेल भएको तथा एकलौटी गरिएको भन्ने आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ।