अर्थविद् डा. गिरीराज कडायतले हासिल गरे अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी), सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा थप गौरव

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका शिक्षाविद् तथा अर्थविद् डा. गिरीराज कडायतले अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। भारतको प्रतिष्ठित महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालय (MJPRU) बाट उनले उक्त उपाधि प्राप्त गरेका हुन्। भारतको राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद् (NAAC) बाट ए++ स्तरको मान्यता प्राप्त यस विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नु कडायतको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि मानिएको छ।

CP Hospital Dhangadhi

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कडायतको यो सफलताले सुदूरपश्चिमको शैक्षिक जगत्लाई गौरवान्वित बनाएको छ। उनको उपलब्धिप्रति शैक्षिक क्षेत्रका व्यक्तित्व, सहकर्मी, विद्यार्थी, शुभेच्छुक तथा लोटस आई परिवारले हर्ष व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्।


कडायतले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान, निरन्तर अध्ययन, अनुसन्धानप्रतिको रुचि र प्राज्ञिक उत्कृष्टताप्रतिको समर्पणले यो सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ। शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई समाज रूपान्तरणको आधार हो भन्ने मान्यतालाई उनले आफ्नो कार्य र नेतृत्वमार्फत व्यवहारमा उतार्दै आएका छन्।
दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई उच्च माध्यमिक तहसम्म पुर्‍याउन उनले निर्वाह गरेको भूमिका तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्थापना र शैक्षिक विकासमा पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। शैक्षिक नेतृत्वसँगै अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै विद्यावारिधि हासिल गर्नुले उनको लगनशीलता र ज्ञानप्रतिको निष्ठालाई थप उजागर गरेको छ। उनी राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित अर्थविद् हुन्।

nawajiwan

उनको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई सुदूरपश्चिमका विद्यार्थी, शिक्षक तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोतसमेत बनेको छ। विशेषगरी शैक्षिक जिम्मेवारी निर्वाह गर्दै उच्च अध्ययन र अनुसन्धानमा अघि बढ्न चाहनेहरूका लागि उनको यात्रा अनुकरणीय मानिएको छ।

विद्यावारिधि उपाधि प्राप्तिसँगै कडायतको शैक्षिक तथा प्राज्ञिक यात्राले थप उचाइ प्राप्त गर्ने अपेक्षा गरिएको छ। उनले हासिल गरेको ज्ञान, अनुभव र अनुसन्धान क्षमताले शिक्षा, अर्थनीति, सामाजिक रूपान्तरण तथा राष्ट्रको समग्र विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यस गौरवपूर्ण उपलब्धिका लागि डा. कडायतलाई हार्दिक बधाई दिँदै उनको आगामी प्राज्ञिक यात्रा अझ सफल, सार्थक र उपलब्धिमूलक बनोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।