
आजको राशिफल
२०८३ असाेज २९ गते (१५ अक्टाेबर २०२६) बिहीवार, आश्विन शुक्लपक्ष पञ्चमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि केही त्याग गर्नुपर्ने समय छ। तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि गरिएको श्रमले राम्रो प्रतिफल दिनेछ। कामको चाप अत्यधिक बढ्नाले शारीरिक थकान र कमजोरी महसुस हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर रहनेछ भने कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रयत्न गर्दा व्यापार र व्यवसायमा सोचेजस्तै लाभ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने भौतिक साधन जुट्नाले आम्दानीमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नुका साथै आतिथ्य सत्कार प्राप्त हुनेछ। अनुकूल परिस्थितिबीच पनि विलासी वस्तुमा खर्च बढ्न सक्ने हुँदा आफन्तसँगको व्यवहारमा विशेष सावधानी अपनाउनुहोला।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वास्थ्यले पूर्ण साथ दिनेछ र काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। आफ्नो पुरुषार्थ र क्षमताले समाजमा विशिष्ट पहिचान बनाउन सकिनेछ। चुनौतीहरू पन्छाउँदै प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो प्रकृतिका कार्यहरू अगाडि बढाउन सकिनेछ। बुद्धिको सही उपयोग गरी पुराना उपलब्धिहरू जोगाउन सफल भइनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ। तपाईंको लगनशीलताले काममा ठुलो उपलब्धि दिलाउनेछ भने पढाइलेखाइमा पनि प्रगति हुनेछ। सेवामूलक कार्यबाट धनलाभ हुनेछ र बौद्धिक प्रतिस्पर्धामा विजय हासिल हुनेछ। नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न यो समय उत्तम छ। गुरुजनको सुझाव र सन्तानको साथले विशेष लाभ गराउनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हतारमा गरिएका निर्णयहरूले समस्या निम्त्याउन सक्ने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनुहोला। अनावश्यक व्यक्तिहरूसँगको संगतबाट टाढै रहनुपर्छ। दैनिक कार्यहरू सम्पादित भए पनि पारिवारिक मतभेदले केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोडहरूमा दुविधा उत्पन्न हुन सक्ने भएकाले कुनै पनि महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नु नै बुद्धिमानी हुनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न किसिमका उपहारहरू प्राप्त हुने र सहयोगीहरूको गतिलो साथ पाइनेछ। रोकिएका सम्पूर्ण कामहरू बन्नाका साथै नयाँ कामको थालनी गर्ने अनुकूल समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ भने प्रतिद्वन्द्वीहरू स्वतः परास्त हुनेछन्। आफ्ना कर्मको उचित प्रतिफल पाइनुका साथै पुरुषार्थले समाजमा तपाईंको प्रतिष्ठा अझ उचो बनाउनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्तिने बानीले बन्दै गरेका कामहरू बिग्रन सक्छन् र हातमा आएको अवसर गुम्ने खतरा रहन्छ। बोलीको गलत अर्थ लगाइन सक्ने समय भएकाले आफ्ना कुरा राख्दा विशेष विचार पुर्याउनुहोला। नयाँ जिम्मेवारीहरू थपिए पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। सिर्जनात्मक र लेखन क्षेत्रबाट भने राम्रो ख्याति र सफलता कमाउन सकिनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका सफलताहरूले तपाईंमा थप महत्त्वाकांक्षा र ठूला अवसरहरू ल्याउनेछन्। तर बदलिँदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि परिने सम्भावना पनि छ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्तहरू नजिकिनेछन्। भेटघाट र खानपानमा समय रमाइलोसँग बित्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ, यद्यपि अल्छी गर्ने बानी त्याग्नुपर्नेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक कार्यहरूले गर्दा अनावश्यक खर्च बढ्न सक्छ र सञ्चित रकम समेत अरूलाई सापटी दिनुपर्ने अवस्था आउन सक्छ। परिवारजनबाट केही समय टाढिनुपर्ने बाध्यता आउन सक्छ। अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत काम बन्नेछ। विदेश भ्रमणको प्रयास गर्नेहरूका लागि यो समय अनुकूल रहनेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
तपाईंको कडा मिहिनेतको उच्च र सकारात्मक परिणाम प्राप्त हुनेछ। तारिफयोग्य कामहरू गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ र प्रतीक्षित नतिजाहरूले मन प्रफुल्लित पार्नेछ। थोरै लगानीबाट पनि ठूलै नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधनहरू जुट्नुका साथै आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने र दिगो फाइदा हुने कामको जग बस्नेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्यहरूको बलियो जग बसाल्ने यो उत्कृष्ट समय हो। कामको सिलसिलमा उच्चपदस्थ तथा प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। गुमेको स्थान पुन: प्राप्त हुनुका साथै समाजमा तपाईंको प्रभाव र वर्चस्व बढ्नेछ। रोकिएका कार्यहरू दोहोर्याएर प्रयत्न गर्दा सफल हुनेछन् भने व्यापारबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सामाजिक तथा लोकहितका काममा विशेष रुचि बढ्नेछ र समाजमा तपाईंको तारिफ हुनेछ। प्रतिष्ठित र भलाद्मी व्यक्तिहरूको सहयोगले सहजै आफ्ना लक्ष्यहरू हासिल गर्न सकिनेछ। पुरानो मित्रता प्रेम सम्बन्धमा परिणत हुने सम्भावना छ। विभिन्न अवसरहरूले पछ्याउने हुनाले दिगो प्रकृतिका ठूला कामहरूको थालनी गर्ने यो उपयुक्त अवसर हो।

नेपाली पात्रो बाट
































