पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज र भोलि वर्षा तथा हिमपातको सम्भावना

Image
Nisarga Hospital

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

nawajiwan
pk & Lotus

तराई क्षेत्रमा भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षा तथा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले कृषि कार्यमा संलग्न किसान तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन र सम्भावित असरबाट जोगिन आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

Dhnagadhi & Krishanapur