चाडपर्वलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा

Image
Nisarga Hospital

नेपाल आयल निगमले आसन्न चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हालकै मूल्य कायम राख्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

निगमका अनुसार मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने अनुमान छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि चाडपर्वका बेला उपभोक्तालाई थप आर्थिक भार नपरोस् भनेर मूल्य नबढाइएको निगमले जनाएको छ।

हाल काठमाडौं, पोखरा र दिपायलसहित तेस्रो वर्गमा पर्ने क्षेत्रमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँमा बिक्री भइरहेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

nawajiwan
pk & Lotus

यसैगरी, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको मूल्य पनि साविककै दरमा कायम गरिएको निगमले जनाएको छ। निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा नयाँ निर्णयबारे जानकारी दिइएको हो।

Dhnagadhi & Krishanapur