आपसी सद्भाव ,एकता र भातृत्वलाई अझ मजबुत बनाउनु अहिलेको आवश्यकता :- सभापति बलायर

Image
Nisarga Hospital

बडा दशैं २०८३को अवसरमा शुभकामना सन्देश दिदै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पुर्ब मन्त्री बिरबहादुर बलायरले बडा दशैं व्यक्ति–व्यक्ति, परिवार, समुदाय र संस्थाहरु बीचको एकता, सद्भाव र भातृत्व कायम गर्ने पर्व रहेकाले अहिलेको अवस्थामा आपसी सद्भाव ,एकता र भातृत्वलाई अझ मजबुत बनाउनु पर्ने बताउनु भएको छ ।

CP Hospital Dhangadhi

नेपाल बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । मौलिक भेषभुषा सहितको विवधता हाम्रो राष्ट्रिय पहिचान बनेको छ । हामीमा निहित बन्धुत्व भावले विविधताको बिचमा पनि अनुपम एकता कायम गरेको छ । अहिलेको अवस्थामा झनै सामाजिक सद्भाव ,एकता र भातृत्वलाई अझ मजबुद बनाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।

प्रदेश सभापति बलायरले बडा दशैंको पावन अवसरमा आफू र आफ्नो म पार्टी नेपाली काँँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नु भएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
Dhnagadhi & Krishanapur