
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्यमा शुक्रबार वृद्धि देखिएको हो। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसयता मूल्य घट्दै आएकोमा शुक्रबार पुनः बढेको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला ११५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।


सुनचाँदीको मूल्यमा आएको उतारचढावले बजारमा कारोबार गर्ने व्यवसायी तथा उपभोक्तालाई प्रभाव पार्ने गरेको छ।


































