अर्जुन कुमालको ८७ रन पनि खेर गयो, क्यानडासँग नेपाल २४ रनले पराजित

Image
Nisarga Hospital

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। ओमानको अल अमेरात मैदानमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो।

CP Hospital Dhangadhi

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। ११२ बलको सामना गरेका उनले चार चौका प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, ईशान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० तथा रोहित पौडेलले १८ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। क्यानडाका ओपनर युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ११७ बलमा १०५ रनको शतकीय इनिङ खेले। उनले ११ चौका र चार छक्का प्रहार गरे। त्यस्तै, आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पारे। रोहित पौडेलले एक विकेट लिए पनि नेपालले लक्ष्य पूरा गर्न सकेन।

Dhnagadhi & Krishanapur