बडादशैंको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै

Image
Nisarga Hospital

बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल अष्टमीका दिन मनाइने यस धार्मिक अवसरमा देशभरका दशैंघर, पूजाकोठा तथा देवी मन्दिरमा महागौरीको पूजा गरी भक्तजनले सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।

CP Hospital Dhangadhi

वैदिक सनातन धर्मअनुसार महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी तथा श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। महागौरीको पूजा आराधना गर्नाले जीवनमा सुख, शान्ति, ऐश्वर्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जौको जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। सातौँ दिन शनिबार परम्पराअनुसार दशैंघरमा फूलपाती भित्र्याइएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको आराधना गरिन्छ। देवीको उपासना गर्नाले शक्ति, ज्ञान, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता छ। यही विश्वासका आधारमा हिन्दू धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने गर्छन्।

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गरेपछि नवरात्रको धार्मिक अनुष्ठान सम्पन्न हुन्छ।

यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढ्ने गर्छ। नवरात्रका नौ दिन देवीको आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म हर्षोल्लासका साथ बडादशैं पर्व मनाउने गर्छन्।

Dhnagadhi & Krishanapur