कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु, २५ घाइते

Image
Nisarga Hospital

भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। शनिबार साँझ चोरबागानस्थित दुर्गा पूजा पण्डालमा भएको घटनामा दुई बालबालिकासहित १९ जनाको ज्यान गएको जनाइएको छ।

CP Hospital Dhangadhi

यद्यपि, कोलकाता मेडिकल कलेजका स्रोतले भने घटनामा २० जनाको मृत्यु भएको र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन्। मृतक तथा घाइतेको सङ्ख्याबारे विभिन्न विवरण सार्वजनिक भएका छन्।

कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा हुन थालेपछि पानीबाट जोगिन ठूलो सङ्ख्यामा मानिस पण्डालभित्र ओत लागेका थिए। साँझ ७ बजेर ४० मिनेटतिर बाहिर रहेका अन्य मानिससमेत भित्र पस्न खोजेपछि धक्कामुक्की भएको थियो। त्यसपछि पण्डालमा भागदौड मच्चिएको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घटनापछि पण्डालका बत्ती निभाइएको थियो भने मानिसको प्रवेशमा रोक लगाइएको थियो। सुरक्षाको कारण देखाउँदै सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गरिएका छन्।

कोलकातामा दुर्गा पूजा मनाउन करिब तीन हजार पाँच सय पण्डाल निर्माण गरिएका छन्। चोरबागानको दुर्गा पूजा पण्डाल ९१ वर्ष पुरानो रहेको जनाइएको छ।

Dhnagadhi & Krishanapur