दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रु पाँच लाख , बसपार्कमा चाप बढ्दो !

Image
Nisarga Hospital

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।

CP Hospital Dhangadhi

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेको हो। पछिल्ला दुई दिनको तुलनामा आइतबार उपत्यका बाहिरिने यात्रुको सङ्ख्या भने केही घटेको उनले बताए।

दसैँ मनाउन घर जाने यात्रुको चाप काठमाडौँका विभिन्न बसपार्क तथा प्रमुख नाकामा देखिएको छ। गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा यात्रुको चाप रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दसैँका लागि सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।

दसैँ मनाउन गाउँघर फर्किने यात्रुको सङ्ख्या बढेसँगै ट्राफिक व्यवस्थापन र यात्रुको सहज आवागमनलाई ध्यान दिइएको छ। लामो दूरीको यात्रा गर्ने यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न तथा यातायातका साधन प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

Dhnagadhi & Krishanapur