रुसको भीषण आक्रमणले युक्रेनका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति, ५ लाखभन्दा बढी मानिस अन्धकारमा

Image
Nisarga Hospital

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत भीषण आक्रमण गरेको छ। आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटकको आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताएका छन्। उनका अनुसार रुसले राजधानी किएभ र आसपासका क्षेत्रलाई लक्षित गरी १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीहरूले जनाएका छन्।
यसअघि पश्चिमी मुलुकहरूबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको स्पष्ट पारेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यही धारणा दोहोर्‍याउँदै अघिल्लो रात भएको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताएका छन्।

CP Hospital Dhangadhi

यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालन प्रभावित भएको जेलेन्स्कीले बताएका छन्। अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती थप बढाएको छ।
रुसी रक्षा मन्त्रालयले भने युक्रेनभित्रका सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपोलाई निशाना बनाइएको थियो।
युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताएका छन्। उनका अनुसार किएभले युद्धविरामका प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ। तर, रुसी आक्रमण जारी रहनु र मस्कोले युद्ध लम्ब्याउन खोज्नुका कारण शान्ति प्रयास सफल हुन नसकेको उनको भनाइ छ। ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयाससमेत असफल भएको छ।

Dhnagadhi & Krishanapur