ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् कार्तिक ४ गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल ०४ कार्तिक २०८३ बुधवार

CP Hospital Dhangadhi

मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। कार्यक्षेत्रमा सावधानीको साथमा कार्यमा जुट्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृषTaurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
नयाँ योजनामा लगानी लगाउने समय रहेको छ। आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा गुरुजनहरूबाट मार्गदर्शन मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मिथुनGemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
योजनाहरूलाई व्यवस्थित गर्नमा सफल भइनेछ। रोजगारका नयाँ अवसर मिल्नेछन्। स्वार्थका लागि नजिक आउनेहरूबाट सावधान रहनुहोला। दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ
कर्कटCancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय बढ्नाले मन प्रसन्न रहनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य होला। भाग्यले विशेष अवसर वा चुनौतीहरू दिलाउनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
सिंहLeo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा उन्नती भएतापनि विवाद वा पारिवारिक समस्याले मन अशान्त रहनेछ। कामको चाप बढ्नाले आलस्य र कमजोरीको अनुभूति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कन्याVirgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
विपरीत परिस्थितिले गर्दा काम बन्नमा समय लाग्नेछ। भविष्यका लागि विशेष कामको जग बसाउन सकिनेछ। अनावश्यक खर्च वा लेनदेनमा विशेष सावधानी राख्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
तुलाLibra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइहरूको सहयोगले हिम्मत मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिकScorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरवादीहरूले साइनो गाँसेर लाभ उठाउने चेष्टा गर्नेछन्। छोटो समयमा राम्रो उपलब्धि हातपार्नमा सफलता पाइनेछ। कार्यक्षेत्रमा समस्या देखाउँदा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
धनुSagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
व्यापार लगायत आर्थिक लाभ लिने योजनाहरू कार्यान्वित गर्ने समय रहेको छ। परिक्षाको नतिजा कमजोर देखिनेछ। शत्रुहरू पराजित हुनेछन्। प्रतिस्पर्धामा विजय पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मकरCapricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
गुरुजन वा सन्तानको सहयोग लाभदायी रहनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला। सहकार्यबाट लाभ मिल्नेछ। मित्रहरूसँग मनोरञ्जनमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
कुम्भAquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कठिन कार्यहरू सम्पादन गर्नुपर्ने समय रहेको छ। फसेको धन प्राप्त हुने समय छ साथै परिवारसँग खुसीको वातावरण रहनेछ। विद्यार्थीहरूलाई अध्ययनमा कमजोरी अनुभूति हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीनPisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पुरुषार्थ देखाएर समाजमा प्रतिष्ठित बन्न सकिनेछ। चुनौतीहरूलाई पन्छाएर अगाडि बढ्नुहोस् सफलता हात लाग्नेछ। नयाँ नोकरीमा प्रतिस्पर्धीलाई हराउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

हाम्रो पात्रो बाट साभार

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur