एनपीएलको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० देखि फाइनलमा २ हजार रुपैयाँसम्म

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो।

CP Hospital Dhangadhi

क्यानले सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, प्रतियोगिताको नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलको टिकट आज साँझ ८ बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा टिकट खरिदसम्बन्धी जानकारी दिइएको छ। तेस्रो संस्करणको एनपीएललाई लिएर क्रिकेटप्रेमीमाझ उत्साह बढिरहेका बेला टिकट बिक्री खुल्ने भएपछि दर्शकलाई आफ्नो रुचिअनुसारका खेल हेर्न टिकट खरिद गर्ने अवसर मिल्नेछ। लिग चरणदेखि फाइनलसम्म टिकटको मूल्य फरक निर्धारण गरिएकाले दर्शकले खेलको चरणअनुसार खर्चको योजना बनाउन सक्नेछन्।

Dhnagadhi & Krishanapur