तीन दिने पारिवारिक तीर्थाटनका लागि रवि लामिछाने भारत जाँदै, कैँची धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्। उनको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो।

CP Hospital Dhangadhi

विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।

धार्मिक तथा आध्यात्मिक उद्देश्यसहित हुन लागेको यो भ्रमण निजी र पारिवारिक रहेको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले दुवै धार्मिक स्थलमा दर्शन तथा पूजाअर्चना गर्नेछन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तीन दिने तीर्थाटन सम्पन्न गरेपछि लामिछाने स्वदेश फर्किने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय रहेका रास्वपा सभापति लामिछानेको यस भ्रमणलाई सचिवालयले निजी तथा पारिवारिक भ्रमणका रूपमा स्पष्ट पारेको छ।

Dhnagadhi & Krishanapur