तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

Photo - BBC
Photo - BBC
Nisarga Hospital

चीनको तिब्बतस्थित हिमाली क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन्। चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार बिहीबार राति गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

CP Hospital Dhangadhi

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेका छन्। समुद्र सतहबाट करिब ४ हजार ८०० मिटर उचाइमा रहेका दुर्गम गाउँहरू बढी प्रभावित भएकाले उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घटनापछि चिनियाँ अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। भग्नावशेषमा फसेका मानिसको खोजी तथा घाइतेको उद्धारलाई प्राथमिकता दिइएको छ।

यसअघि सन् २०२३ मा चीनको छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १२० जनाको मृत्यु भएको थियो। उपलब्ध विवरणअनुसार तिब्बतको पछिल्लो भूकम्पलाई सन् २०२३ पछिको चीनमा गएको घातक भूकम्पमध्ये एकका रूपमा लिइएको छ।

Dhnagadhi & Krishanapur