बझाङको चैनपुरमा सुर्मादेवी मेलाको अवसरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

Image
Nisarga Hospital

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–स्थित चैनपुर बजारमा सुर्मादेवी मेला २०८३ को अवसरमा प्रदेशस्तरीय पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

CP Hospital Dhangadhi

‘खेलकुद, संस्कृति र पर्यटनको संगम’ भन्ने नारासहित प्रतियोगिता आगामी कार्तिक ९ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक सुदूरपश्चिम प्रदेशका पालिकास्तरीय महिला तथा पुरुष भलिबल टोलीलाई दर्ता गर्न आह्वान गरिएको छ।

प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख ११ हजार ९८३ रुपैयाँ, द्वितीय हुनेले १ लाख ११ हजार ९८३ रुपैयाँ र तृतीय हुनेले ५९ हजार ९८३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरुष टोलीका लागि दर्ता शुल्क ११ हजार रुपैयाँ तोकिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यस्तै, महिलातर्फ प्रथम हुने टोलीले ६९ हजार ९८३ रुपैयाँ, द्वितीय हुनेले ४९ हजार ९८३ रुपैयाँ र तृतीय हुनेले २९ हजार ९८३ रुपैयाँ पुरस्कार पाउनेछन्। महिला टोलीको दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।

आयोजना संयोजक सर्जन थापा तथा श्री सुर्मादेवी मेला व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान तथा खेलकुद विकाससँगै कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकले खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगिता सफल बनाउन आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur