
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभई परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।

उनले आफ्नो सामर्थ्य प्रमाणित गर्न वा आफूले गरेका निर्णयको औचित्य पुष्टि गर्न हतार नगर्ने स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले आफ्नो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिष्टतालाई विवशताका रूपमा नबुझ्न पनि संकेत गरेकी छन्।
उनको अभिव्यक्तिले आफूले लिने निर्णय र राजनीतिक भूमिकाबारे तत्काल स्पष्टीकरण दिइरहन आवश्यक नरहेको सन्देश दिएको छ। समयक्रमसँगै आफ्नो क्षमता र निर्णयको महत्त्व स्पष्ट हुने उनको भनाइ छ।




श्रेष्ठले लेखेकी छन्, ‘म आफ्नो सामर्थ्य प्रमाणित गर्न हतार गर्दिनँ, न त आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिन्छु।’
उनले आफूलाई कमजोर ठान्नेहरूले समयसँगै आफ्नो क्षमता बुझ्ने उल्लेख गर्दै परिस्थितिलाई आफ्नै पक्षमा बदल्न सक्ने आत्मविश्वाससमेत व्यक्त गरेकी छन्। प्रचण्डसँगको तस्बिरसँगै आएको उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा चासोका साथ हेरिएको छ।



































