‘१२ गाउँ २’ को टिम भोलि धनगढी आउँदै, समीर भट्टसहित कलाकारसँग दर्शकले भेट्न पाउने

Image
Nisarga Hospital

नेपाली एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’ को टिम दर्शकसँग साक्षात्कार गर्न भोलि आइतबार धनगढी आउने भएको छ। अभिनेता समीर भट्टले भिडियो सन्देशमार्फत आफू सहित चलचित्रको सम्पूर्ण टिम धनगढीस्थित एसटीएस सिनेमामा उपस्थित हुने जानकारी दिएका हुन्। उनले सुदूरपश्चिमका दर्शकसँगै चलचित्र हेर्ने र प्रत्यक्ष भेटघाट गर्ने तयारी रहेको जनाउँदै चलचित्रप्रेमीलाई हलमा आउन आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

विराज भट्टको निर्देशन तथा निर्माणमा बनेको चलचित्र गत असोज ३० गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। चलचित्रमा विराज र समीर भट्ट प्रमुख भूमिकामा छन्। एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधमा आधारित चलचित्रमा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, वर्षा इटानी, खुसी कार्कीलगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन् भने छायाङ्कन महेश पौडेल र सम्पादन बन्दे प्रसादको रहेको छ। युग भुसाल र डीपी खनालले संगीत दिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ व्यावसायिक रूपमा सफल भएपछि दोस्रो भागप्रति दर्शकको चासो बढेको हो। पहिलो भागले करिब १९ करोड ९२ लाख रुपैयाँ व्यापार गरेको बताइएको छ। दोस्रो भागमा पनि एक्सन र कमेडीलाई प्रमुख आकर्षण बनाइएको छ।

Dhnagadhi & Krishanapur