राइजिङ स्टार्स एसिया कपमा नेपालको समूहमा भारत ‘ए’ र पाकिस्तान ‘ए’, एनपीएलसँग खेल तालिका जुध्यो

Image
Nisarga Hospital

कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

CP Hospital Dhangadhi

नेपालले समूह चरणको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल नोभेम्बर २९ मा हुनेछ।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली उतार्नेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली खेलाउन सक्नेछन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राइजिङ स्टार्स एसिया कपको तालिका नेपाल प्रिमियर लिग (एनपीएल) सँग जुधेको छ। एनपीएल नोभेम्बर २१ सम्म चल्ने भएकाले नेपालले प्रतियोगिताका लागि कस्तो टोली घोषणा गर्छ भन्ने चासो बढेको छ।

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेर राइजिङ स्टार्स एसिया कप र एसिया कपका लागि छनोट भएको थियो। प्रिमियर कपमा दोस्रो र तेस्रो भएका यूएई र हङकङले पनि प्रतियोगितामा स्थान बनाएका थिए।

Dhnagadhi & Krishanapur