कात्तिक १२ देखि देशभर मौसम बदली, सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गतेदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी दिनमा मौसम क्रमशः बदली हुने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार सोमबार हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कात्तिक १० गते कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने तथा कोशी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

कात्तिक ११ गते देशभर साधारणतया बादल लाग्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कात्तिक १२ गते भने मौसम थप बदली भई वर्षा र हिमपातको सम्भावना छ। उक्त दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले कृषि, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Dhnagadhi & Krishanapur