बिहीबारदेखि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Image
Nisarga Hospital

काठमाडौंः देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

मंगलबार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मंगलबार राति देशभर आंशिक बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बुधबार देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बिहीबार भने मौसममा थप परिवर्तन हुने पूर्वानुमान गरेको छ। उक्त दिन देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षा, हिमपात र चट्याङको सम्भावना रहेकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने र कृषि कार्यमा संलग्न व्यक्तिहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउनु उचित हुनेछ।

Dhnagadhi & Krishanapur