प्रधानमन्त्री बालेन शाहले आज एनपीएलको उद्घाटन गर्ने, विजेताले १ करोड ५० लाख पाउने

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्ने भएका छन्। आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाह प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको हो। उनको सहभागिता आइतबार अबेर सुनिश्चित भएको क्यानले जनाएको छ।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सोमबारदेखि सुरु हुने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। नेपाली क्रिकेटको प्रमुख घरेलु प्रतियोगिताका रूपमा रहेको एनपीएलमा यसपटक आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका सबै खेल काठमाडौंमै आयोजना हुनेछन्।

यस संस्करणमा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले नेपाली तथा विदेशी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

क्यानले यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ। त्यसैगरी, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

पुरस्कार राशिमा गरिएको वृद्धिले टोलीहरूबीच प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक उद्घाटन खेलमै यी दुई टोली आमनेसामने हुँदा प्रतियोगिताको सुरुवात रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur